रौतहटमा ट्रक र स्कार्पियो ठोक्किँदा १० जना घाइते

रौतहट — पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहट चन्द्रपुर–४ धनसर पुल नजिक बुधबार बिहान ट्रक र स्कार्पियो ठोक्किँदा १० जना घाइते भएका छन्।
पोखराबाट सर्लाहीको हरिवानतर्फ गइरहेको गण्डकी प्रदेश ०८०४ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९४१० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनामा स्कार्पियो चालक पोखरा महानगरपालिका–११ का ४९ वर्षीय बिष्णुप्रसाद पौडेलसहित १० जना घाइते भएका छन्। घाइतेहरूको टाउको, निधार, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्कार्पियोमा ८ जना र ट्रकमा २ जना सवार थिए। घाइते सबैलाई चन्द्रनिगाहपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रतिक्रिया