सप्तरीमा कर्फ्युको समय थप, यस्तो छ सीडीओको आदेश

राजविराज– सप्तरीमा कर्फ्युको समय थप भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेको हो।

सीडीओ टुवराज पोख्रेलका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम सुरक्षा सुनिश्चित गर्नका लागि चार किल्ला तोकी सो सीमाभित्र कसैले आवतजावत, जुलुस, सभा, बैठक वा कुनै प्रकारको प्रदर्शन गर्न नपाउने गरी कफ्र्यू लगाइएको हो।

कफ्र्यू आज विहान १० बजेदेखि वेलुका ५ बजेसम्म र वेलुका ७ बजेदेखि भोली विहान ७ बजे सम्म लागू रहनेछ। उत्तरमा उदयपुर जिल्ला, पूर्वमा सुनसरी जिल्ला, दक्षिणमा भारत सिमाना र पश्चिममा सिरहा जिल्लालाई सीमाना निर्धारण गरिएको छ।

सीडीओ पोख्रेलले जनतालाई प्रशासनको निर्देशन अनुसार अनावश्यक आवतजावत नगर्न र नियम पालना गर्न आह्वान गरेका छन्। प्रशासनले कफ्र्यूको समयमा विशेष सतर्कता अपनाउने र सुरक्षा सुनिश्चित गर्न विभिन्न निकायमार्फत निगरानी राख्ने जनाएको छ। यस अघि पनि कर्फ्यु जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट