धरानको भाटभटेनीमा आगजनी र लुटपाटमा संलग्न ४ जनाको जलेर मृत्यु

इटहरी– सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटका क्रममा भित्र पसेका चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर जीवन कुँवरका अनुसार मृतकहरू सबै आगजनी र चोरीका लागि भित्र पसेका थिए। तर, पेट्रोल खन्याएर लगाइएको आगो तीव्र गतिमा फैलिँदा उनीहरू भाग्न नसकी भित्रै फसेर जलेका थिए।

वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको जानकारी दिए। यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको थियो भने दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार शव खरानीजस्तै बनेका छन् र शरीरका केही भाग मात्र सुरक्षित भेटिएका छन्। मृतकहरूको पहिचान भने अझै खुलेको छैन।

आगजनीका कारण करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौं बराबरको सामान चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट