रौतहटमा यात्रुवाहक बसमा आगलागी, मानवीय क्षति भएन

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक बुधबार बिहान गुडिरहेको यात्रुवाहक बसमा आगो लागेको छ। काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ।

जिल्ला प्रहरी रौतहटका डिएसपी राजु कार्कीका अनुसार बसको ब्रेक जाम भएपछि गाडी अचानक रोकियो र केहीबेरमै बसमा आगो फैलियो। बस रोकिनासाथ सबै यात्रु सुरक्षित रूपमा बाहिर निस्केका कारण कुनै मानवीय क्षति भएन।

घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली र स्थानीयवासीको सहयोगमा बारुण यन्त्र प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण पूर्व–पश्चिम राजमार्ग केही समयका लागि अवरुद्ध भएको थियो।

प्रहरीले घटनाको पूर्ण विवरण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट