सप्तरी प्रहरीद्वारा ९ लाखभन्दा बढीको सामान बरामद
सप्तरी — जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतबाट अबैध रूपमा ल्याइएका झण्डै ९ लाख ४२ हजार रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरूले विभिन्न मिति र समयमा भारततर्फबाट चोरी पैठारी गरी ल्याइँदै गरेका कपडा र किराना सामानहरू नियन्त्रणमा लिएका हुन्। ती सबै सामान भन्सार छली गरी ल्याइएका कारण आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार भन्सार कार्यालयमा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीका अनुसार बरामद सामानहरूको कुल मूल्य नौ लाख बयालिस हजार आठ सय पचासी रुपैयाँ बराबर छ। प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली र चोरी पैठारी नियन्त्रण गर्न सशक्त अनुगमन गरिरहेको जनाएको छ।
प्रतिक्रिया

