बुढानिलकण्ठमा ओली–भण्डारी भेटः भण्डारीको तिब्र असन्तुष्टि, ओली रक्षात्मक

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भिम राउतलाई कारवाही तथा विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई निलम्बन गर्ने एमालेको निर्णयप्रति असन्तुष्टि जनाएकी छिन्।

बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भण्डारीले यस विषयमा असन्तुष्टि जनाएकी हुन। स्रोतका अनुसार रावलसहित स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई निलम्बन गर्ने निर्णयमा कार्यकर्ता पङ्क्तिबाटै विरोध भएको भन्दै भण्डारीले प्रश्न उठाएकी थिईन।

यतिमात्रै होईन, एमालेभित्र भइरहेको पछिल्लो गतिविधि र सरकारको क्रियाकलापमा पनि भण्डारीले असन्तुष्टि जनाईन। सरकारले जनचाहना अनुसार डेलिभरी दिन नसकेको उनको भनाई थियो। कूटनीतिक सम्बन्ध सुधारमा पनि सरकारले प्रगति गर्न नसकेको उनको असन्तुष्टि थियो।

एमाले मुख्यालय च्यासलमा सचिवालय बैठकमा सहभागी भएका ओली लगत्तै भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्। एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी पुनः पार्टी राजनीतिमा सक्रिय हुन चाहेको समाचारहरू आइरहेका वेला २ जनाबीच भेटबार्ता भएको हो।

ओली र भण्डारीबीच हिजो करिव २ घण्टा छलफल भएको थियो। यो छलफललाई महत्वका साथ हेरिएको छ। ओली आगामी महाधिवेशनबाट पनि पुनः एमाको अध्यक्षमा दोहोरिने योजनामा छन्। गत चैतमा पोखरामा आयोजित एक कार्यक्रममा त ओलीले आफ्ना झरेका कपाल पलाउन थालेको भन्दै २० वर्ष जति अरुले आस नगरे पनि हुने टिप्पणी गरेका थिए।

यता, भण्डारीले पनि अध्यक्षमा दावेदारी दिन शक्ने अनुमान छ। राष्ट्रपति निर्वाचित हुनु पूर्व उनी आठौँ र नवौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएकी थिइन्। २०७२ मा राष्ट्रपति बनेसँगै एमाले राजनीतिमा निष्क्रिय जस्तै देखिएकी भण्डारीको प्रभाव एमालेमा राम्रै रहेको मानिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट