गलले हानेर छोराको हत्या, ७६ वर्षीय वृद्ध बुबा पक्राउ

काठमाडौँ– सिन्धुलीमा गल (ठुलो खन्ती) ले हानेर छोराको हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।

हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्कीलाई छोराको हत्या गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो। उनले माइलो छोरा ४९ वर्षीय लिलाबहादुरको हत्या गरेको आरोप छ।

घरायसी विवादका क्रममा डोमान सिंहले गलले प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

लिलाबहादुरको मृत्यु भएपछि डोमानसिंह पक्राउ परेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट