ग्याँस चुहिएर आगलागी हुँदा छिमेकी महिलाको मृत्यु, घरधनीको अवस्था गम्भिर

काठमाडौँ– पर्वतको कुश्मामा ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। कुश्मा नगरपालिका–१०, पीपलटारी (तल्लो रोहोटे) का ध्रुव रेग्मीको घरको ग्यास चुहिएर आज बिहान आगलागी भएको हो।

ग्याँस फेर्ने क्रममा ग्यास चुहिएर एक्कासि आगलागी हुँदा चिया पिउन र दूध लिन रेग्मीको घरमा आएकी छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो।

घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टका अनुसार रेग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ।

सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट घरमा क्षति पुगेको छ। घटनाको अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट