नवलपुरमा अत्याधिक प्रेमका कारण ९० वर्षीय वृद्धद्वारा रडले हानेर बिरामी श्रीमतीको हत्या

काठमाडौँ— नवलपुरको देवचुली नगरपालिका–३, आम्बासमा एक दुर्लभ र दुःखद घटना सार्वजनिक भएको छ । ‘अत्याधिक प्रेम’ र ‘श्रीमतीको दुःख देख्न नसक्ने’ भन्दै ९० वर्षीय दिलबहादुर थापाले आफ्नै ७६ वर्षीया पत्नी जमुना थापाको हत्या गरेका छन्। जमुना दिलवहादुरकी कान्छि पत्नि हुन।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दिलबहादुरले गएराति घरमै रहेको रड प्रहार गरी जमुनाको ज्यान लिएका हुन्। दिलबहादुरका अनुसार श्रीमती लामो समयदेखि बिरामी थिइन् र उनले आफ्नो मृत्युपछि पत्नीलाई एक्लै दुःख भोग्न नपरोस् भन्ने सोचले यस्तो कदम चालेका रहेछन्।

घरमा दुवै वृद्ध मात्र थिए। आँखा पनि राम्ररी नदेख्ने दिलबहादुरले प्रहरीलाई भनेका छन्,–‘बुढीले एक्लै दुःख भोग्नुपर्ने पीडा मैले सहेन, त्यसैले म मरेपछि कष्ट नपाओस् भनेर यस्तो गरेँ।’

डीएसपी मधु नेपालका अनुसार घटनाबारे दिलबहादुरका छोरा चित्रबहादुर थापाले प्रहरीलाई खबर गरेका थिए। वृद्ध तथा अशक्त भएकाले दिलबहादुरमाथि कारबाही कसरी अघि बढ्ने भन्नेमा अहिले कानुनी बहस सुरु भएको छ।

वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेका अनुसार ज्यान मार्ने कसुरमा कानुन अनुसार सजाय त हुन्छ तर वृद्ध र बिरामीको हकमा ६० प्रतिशतसम्म सजाय छुट हुने कानुनी व्यवस्था छ। ‘कानुनी प्रक्रिया भनेको अदालतको फैसला अनुसार अघि बढ्छ, उनी जेल जाने कि नजाने भन्ने कुरा कारागार प्रशासनको सिफारिस र स्वास्थ्य अवस्थाले निर्धारण गर्छ,’ बन्जाडेले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट