सीके राउतको पार्टीकी प्रदेश सांसद विरुद्ध पक्राउ पूर्जी जारी भएपछि फरार

राजविराज– डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझी बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन बनेकी छन्।

जिल्ला अदालत पर्साले जेठ १६ गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। तर, पक्राउ पुर्जी जारी भएको करिब एक महिना पुग्न लाग्दा पनि उनी प्रहरी सम्पर्कमा आएकी छैनन्।

पर्सा प्रहरी स्रोतका अनुसार रायमाझीले ३ लाख रुपैयाँभन्दा बढी रकमको चेक बाउन्स गराएकी छन्। सोही मुद्दामा अदालतबाट पक्राउ आदेश जारी भएको र उनको खोजीका लागि पर्सा प्रहरीले बर्दिया प्रहरीसँग समेत पत्राचार गरिसकेको जनाएको छ। तर, अहिलेसम्म बर्दिया प्रहरीले उनलाई फेला पार्न सकेको छैन।

सांसदजस्तो जिम्मेवार पदमा रहेकी व्यक्तिले बैंकिङ कानुन उल्लंघन गर्नु, अदालतको आदेशपछि समेत प्रहरी सम्पर्कमा नआउनु र सम्पर्कविहीन हुनुले जनप्रतिनिधिका आचरण र जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ।

स्रोतका अनुसार रायमाझीको मोबाइल नम्बरमा पटक–पटक सम्पर्क प्रयास गरिए पनि मोबाइल अफ रहेको र अन्य माध्यमबाट पनि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट