वीरगन्जमा ट्याक्टर पल्टिँदा च्यापिएर दुई किशोरको घट्नास्थलमै मृत्यु

वीरगन्ज — वीरगन्ज महानगरपालिका–२८ बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई किशोरले ज्यान गुमाएका छन्। बगही गाउँका १७ वर्षीय आकाश पटेल र १७ वर्षकै गोलु पटेलको मृत्यु भएको हो।
दुर्घटनामा इनर्वा गाउँका अन्दाजी १८–१९ वर्षका जयकुमार मण्डल घाइते भएका छन्। वडाध्यक्ष सुर्युग महतो धानुकका अनुसार शुक्रबार दिउँसो करिब २ बजे भेडाहा खोलाबाट माटो लिएर बगहीतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खसेको थियो।
ट्याक्टर पल्टिँदा चालक आकाश र गोलुको च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी सुवास भट्टले जानकारी दिए। घाइते जयकुमारको वीरगन्जमा उपचार भइरहेको छ।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ।
प्रतिक्रिया