सप्तरीमा अस्पताल भर्ना भएकी विरामी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा ल्याब असिस्टेन्ट पक्राउ

राजविराज – सप्तरीको खडक नगरपालिका–८, कल्याणपुर बजारस्थित एडभान्स अस्पतालमा उपचारका लागि गएकी महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक ल्याब असिस्टेन्टलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ल्याब असिस्टेन्ट श्याम कुमार मण्डल रहेका छन्। सप्तरी प्रहरीका अनुसार घटना असार १० गते राति करिब ११ बजे भएको हो। खडक नगरपालिका–८, बिसनपुरकी करिब २१ वर्षीया महिलालाई मृगौलामा पत्थरी भएर पिसाव रोकिएपछि अस्पताल पु¥याइएको थियो।

पीडित महिलाको भनाइअनुसार अस्पताल पुर्‍याइएपछि मण्डलले भिडियो एक्स–रे गर्ने क्रममा गोप्य अंगहरूमा जथाभावी रूपमा हात लगाएका थिए। त्यसको केही बेरपछि अर्को कोठामा लगेरे पाईप प्रयोग गरी पिसाव निकाल्ने बहानामा जबरजस्ती गर्ने प्रयास गरेका थिए।

बेडमा सुतिरहेका बेला मण्डलले ओठमा दाँतले टोकेका आरोपसमेत उनले लगाएकी छिन्। पीडितले भोलिपल्ट बिहान इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएकी हुन्। जाहेरीपछि प्रहरीले श्याम कुमार मण्डललाई तत्कालै पक्राउ गरेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट