पहिरोले लडाएको रुख टहरामा बजारिँदा ओत लागेका दुई बालबालिकाको मृत्यु, तीन जना घाइते

राजधानी– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा अविरल वर्षासँगै आएको पहिरोका कारण सालको ठूलो रुख टहरामा खसेर दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार शुक्रबार दिउँसो करिब साढ ३ बजेतिर वर्षा र पहिरोका कारण ओत लाग्न बसेको टहरोमाथि सालको रुख खसेको थियो। उक्त रुखले टहरामा बसेका पाँच बालबालिकामध्ये ९ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता गोलेको घटनास्थलमै मृत्यु भएको छ।

त्यसैगरी १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन्। घाइतेमध्ये सिर्जना माया र सन्ध्या भोलनको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि हेटौँडा अस्पताल रिफर गरिएको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक झुरझुरेमा भइरहेको छ।

प्रहरीले घट्नाको अनुशन्धान भईरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट