सप्तरीमा हवाई फायर गरी २ जना लागु औषध कारोबारी पक्राउ, २०० ग्राम खैरो हेरोइन बरामद

राजविराज— सप्तरीमा लागूऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले हवाई फायर गर्दै पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेका छन्।

गोप्य सूचनाका आधारमा आइतबार बिहान जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोली छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुर पुगेको थियो।

प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गर्दा हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले जानकारी दिए।

‘उनीहरुले विशाल राय र मनोज राय नाम बताए पनि ठेगाना फेरिने गरेकाले यकिन हुन सकेको छैन्,’ उनले भने, ‘यकिन गर्न हामी निर्वाचन कार्यालयसँग समन्वय गर्दैछौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट