उदयपुरमा डिजेल सेवन गर्दा ९३ वर्षीय वृद्धको मृत्यु

गाईघाट — उदयपुरको चौदण्डीगढी नगरपालिका–६, सुगारेमा डिजेल सेवनबाट एक ९३ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्त नारायण श्रेष्ठ छन्। साउन १९ गते साँझ करिब साढे ७ बजे श्रेष्ठले अन्जानमा आफ्नै घरमा बोतलमा राखिएको डिजेल सेवन गरेका थिए।
घटनापछि गम्भीर घाइते भएका उनलाई नगर अस्पताल चौदण्डीगढीमा प्राथमिक उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। तर, साउन २१ गते बिहान साढे ६ बजे उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार श्रेष्ठले डिजेललाई अन्य कुनै खाने वस्तुको रुपमा बुझेर अन्जानवश सेवन गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रतिक्रिया