पशुपति आर्यघाटबाट शवको हड्डी र खरानी खरिद बिक्रीमा संलग्न सप्तरीका मिश्रीलालसहित थप २ जना पक्राउ

राजधानी— पशुपति आर्यघाटमा जलाउन लागेको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न सप्तरीका १ सहित थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव र सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर छन्।

प्रहरीका अनुसार, ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादव खरिद प्रक्रियामा सहयोग पु¥याउने व्यक्ति हुन्। पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिएको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद गरिएको छ।

यसअघि पनि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा काभ्रेकै मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल (जीवनाथ ढकाल) र उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि २३ साउनको दिउँसो पशुपति आर्यघाट–२ नम्बर चितामा जल्दै गरेको शवबाट हड्डीसहितको खरानी निकालेर बिक्री गरेको आरोप छ।

ढकाल र मैनालीलाई अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा राखिएको छ। प्रहरीले घटनाको थप विवरण र गिरोहसँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी राखेको जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट