राजविराज कारागारमा आगजनी र तोडफोडः कैदीबन्दी भागे

राजविराज– सप्तरीको राजविराज कारागारमा कैदीबन्दीहरूले विद्रोह गर्दै तोडफोड र आगजनी सुरु गरेका छन्। केही कैदीहरू भागिसकेका छन् भने केही हाल पनि कारागारभित्र आगो लगाएर अशान्ति फैलाइरहेका छन्।
सीडीओ टुवराज पोखरेलले केही कैदीवन्दी भागेको सूचना आएको बताए। ‘केही कैदी फरार भएको सूचना आएको छ। हामी पूर्ण सतर्कतामा छौं।’– उनले भने।
अहिले कारागारभित्र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ। कैदीबन्दीहरूले कारागारभित्र आगो लगाएकाले सुरक्षाकर्मीहरूले केही राउन्ड गोली चलाएर स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्।
प्रहरी र सुरक्षा निकायहरूले फरार भएका कैदीहरूलाई नियन्त्रणमा लिन खोजिरहेका छन् भने आगो निभाउने तथा विद्रोह नियन्त्रण गर्ने कार्य जारी छ।
प्रतिक्रिया