मकवानपुरमा श्रीमानलाई बाँधेर दुई महिनाकी सुत्केरीमाथि बलात्कार

हेटौंडा— मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कारको घटना सार्वजनिक भएको छ। राक्सिराङ गाउँपालिकाका अनुसार २७ भदौ (शुक्रबार) बेलुका गाउँपालिका–१ इन्द्रुङमा करिब २४ वर्षीकी महिलामाथि बलात्कार भएको हो।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार पीडित परिवार आर्थिक रूपमा कमजोर छ। उनीहरु प्लाष्टिकले वेरेको झुप्रोमा वस्दै आएका थिए। एक अपरिचित ब्यक्तिले प्रष्टसँग बोल्न नसक्ने उनका श्रीमानलाई बाँधेर महिलालाई बलात्कार गरेको अध्यक्ष मल्लले वताए।

घटनाबारे पीडितले गाउँपालिकालाई जानकारी दिएकी थिइन्। पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी महिलालाई परिवन्धमा पारेर बलात्कार गरिएको जनाईएको छ। आर्थिक अभावका कारण पर्याप्त खानेकुरा पनि नभएकोले गाउँपालिकाले सुत्केरी महिलालाई पौष्टिक आहार र आर्थिक सहयोग प्रदान गरेको थियो।

घटनापछि गाउँपालिकाले पीडित परिवारलाई हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको थियो। अध्यक्ष मल्लका अनुसार पीडित महिलालाई महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श दिइँदैछ। उनले थपे, ‘घटनास्थल जंगलको एकान्तमा भएकाले प्रहरी जान डराएको थियो। त्यसपछि हामीले नै सुरक्षा दिए उनीहरूलाई हेटौंडा ल्याएका हौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट