पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रास्वपा छाडिनः के मन्त्री बन्ने तयारी हो ?

काठमाडौँ— पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छोडेको छन्। उनले सामाजिक सञ्जालमार्फत् पार्टी परित्यागको घोषणा गर्दै नेतृत्वको शैली र पार्टीभित्रको वातावरणमाथि असन्तुष्टि व्यक्त गरेकी छन्।

श्रेष्ठका अनुसार पार्टी नेतृत्वले कहिल्यै गल्ती स्वीकार नगर्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले व्यहोर्नुपर्ने संस्कृति बनाएको छ। ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्ध मिडिया ट्रायल गर्ने, र पार्टी नेतृत्वले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्ने शैली अपनाएको छ।’ उनले भनेकी छिन्।

पूर्वसह–महामन्त्री सुमना यसअघि पनि पार्टीको आन्तरिक विवादका कारण विवादास्पद निर्णयको विरोध गर्दै आएको इतिहास छ। पार्टी नेतृत्वप्रति सधैं आलोचना गरेकी उनी भन्छिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबाटै मैले आलोचना गर्दै आएको हुँ। तर यसले केही फरक परेन, उल्टै मिडिया ट्रायल सुरु भयो, यो स्वीकार्य छैन।’

अब खुल्ला रुपमा आक्रमण भए पनि सहज बनाइदिएको र नेतृत्वले मनलाग्दी काम गरे पनि आफुले नरोक्ने उनले स्पष्ट पारेकी छिन्। उनले लेखेकी छन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। क्विट्, मैले पार्टी छोडेँ।’

उनी संसदमा समानुपातिक सांसद हुन। पार्टीको काममा समय दिन सक्दिन भनेर उनले सह–महामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। तर पार्टीभित्रको निरन्तर गलत निर्णय र आलोचनामाथि मिडिया ट्रायल हुनु मुख्य कारण बनेको उनले वताएकी छिन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनी शिक्षामन्त्री भएकी थिइन्। सुशीला कार्की नेतृत्वको क्याबिनेटमा मन्त्री बन्ने चर्चा पनि पार्टीभित्र चलेको छ। तर उनले त्यो दौडमा नरहेको बताएकी छिन्। त्यसबाहेक, सुमना जेनजी विद्रोहीहरूसँग निरन्तर सम्पर्कमा रहिन् र प्रधानमन्त्री कार्कीको शपथग्रहणमा पनि सहभागी भएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट