मेयर हर्क साम्पाङद्वारा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।

जेनजी आन्दोलनको मर्मअनुसार सरकार सञ्चालन गर्न नसकेको आरोप लगाउँदै साम्पाङले कार्कीले तत्काल पद छोड्नुपर्ने बताएका हुन्। उनले आफुलाई प्रधानमन्त्री बनाए आन्दोलनकारी युवाहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत कार्कीलाई सम्बोधन गर्दै भनेका छन्, ‘सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन। राजीनामा दिनुस्। म गर्छु उनीहरूको माग पूरा एक–एक गरेर।’

उनले लगातार रुपमा कार्की नेतृत्वको सरकारलाई ‘विदेशीको समर्थनमा बनेको सरकार’ भन्दै आलोचना गर्दै आएका छन्। आन्दोलनपछि प्रधानमन्त्री बन्ने उद्देश्यले काठमाडौं पुगेका बेला उनी समर्थित युवामाथि कुटपिट भएको थियो।

साम्पाङले थप आरोप लगाउँदै अन्तिम समयमा मन्त्री बन्न भारतीय दूतावासको सिफारिस लिन सुझाव दिइएको बताएका छन्। उक्त दाबीलाई डा. निकोलस भुसालले समेत पुष्टि गरेका छन्। उनका अनुसार, मन्त्री बन्न दूतावासको सिफारिस आवश्यक पर्ने भनिएपछि उनी पछि हटेका हुन।

यससँगै साम्पाङले जेनजी आन्दोलनप्रति खुलेआम समर्थन जनाउँदै प्रधानमन्त्री कार्कीलाई चाँडै राजीनामा दिन दबाब दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *