जेन–जी आन्दोलनपछि ‘टीओबी’ टिसर्ट र हतियारसहित देखिएका तेन्जिङ दावा पक्राउ

काठमाडौँ— जेन–जी आन्दोलनका क्रममा ‘टीओबी’ (Tibetan Origin Blood) लेखिएको टिसर्ट र ज्याकेट लगाएर देखिएका युवक तेन्जिङ दावा पक्राउ परेका छन्। काठमाडौँ प्रहरीले उनलाई पक्राउ गरेको छ। उनी आन्दोलनकै क्रममा पेस्तोल बोकेका अवस्थामा देखिएको तस्बिर सार्वजनिक भएपछि प्रहरी संयन्त्र नै सक्रिय बनेको थियो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले दावाको पक्राउ पुष्टि गर्दै भने, ‘समातेका मात्रै छौँ, थप अनुसन्धानबाट अन्य कुरा खुल्छ।’ उनका अनुसार दावाको साथबाट बरामद हतियार र डिजिटल प्रमाण फरेन्सिक परीक्षणका लागि पठाइएको छ।
सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको पेस्तोजसहितको तस्बिर साँझको समयमा खिचिएको देखिन्छ, सम्भवतः बिजुलीबजार पुलनजिक। तस्बिरमा कालो ज्याकेट लगाएका एक युवकले आफ्नो पाइन्टको पछाडीतर्फ पेस्तोल घुसाइरहेका छन् भने अर्का युवकले त्यो दृश्य नियालिरहेका छन्। यो संगै सार्वजनिक भएको एउटा भीडीओमा तिनै पछाडि रहेका युवकले दिएको देखिन्छ। प्रारम्भिक परीक्षणपछि प्रहरीले उक्त तस्बिर ‘सक्कली’ भएको निष्कर्ष निकालेको छ।
स्रोतका अनुसार, यो दृश्य भदौ २३ र २४ गते देशभर फैलिएको जेन–जी आन्दोलनकै बीचमा खिचिएको हुनसक्छ। सो समयमा कालो टिसर्ट लगाएका युवाहरू समूहगत रूपमा प्रदर्शनमा सहभागी भएर माहौललाई आतंकित बताएका थिए। उक्त आन्दोलनमा सरकारी भवन, प्रहरी पोस्ट र सवारीसाधनमा आगजनी भएको थियो।
तर अहिले प्रश्न उठ्न थालेको छ — ‘टीओबी’ लेखिएको टिसर्ट लगाउने यी युवाहरू को हुन? के उनीहरू तिब्बती मूलका हुन? र, के यो आन्दोलन केवल असन्तुष्ट युवाहरूको स्वतःस्फूर्त प्रदर्शन होइन, कुनै संगठित घुसपैठको नतिजा हो?
प्रहरी अधिकारीहरूका अनुसार, ‘Tibetan Origin Blood’ भन्ने लेखनले तिब्बती मूल वा सम्बन्धित समुदायको प्रतीकात्मक सन्देश दिन सक्ने संकेत मिलेको छ। त्यसैले अनुसन्धान टोलीले हाल आन्दोलनमा संलग्न केही युवाहरूको पृष्ठभूमि, सामाजिक सञ्जाल नेटवर्क र आर्थिक स्रोतसमेत छानबिन गर्न थालेको छ।
विश्लेषकहरू भन्छन्, जेन–जी आन्दोलन प्रारम्भमा आर्थिक र राजनीतिक असमानताविरुद्धको असन्तुष्टि भनेर सुरु भए पनि पछिल्लो दृश्यहरूले आन्दोलनको दिशा योजनाबद्ध रूपमा अराजकता तर्फ मोडिएको संकेत दिएका छन्। सामाजिक सञ्जालमा केही समूहहरूले यी युवाहरूलाई ‘क्रान्तिकारी नयाँ पुस्ता’ भनेर बचाउने प्रयास गरे पनि तस्बिर र भिडियोले आन्दोलनभित्रको हिंसात्मक र विदेशी प्रभावको छाया झल्काएको छ।
यदि पक्राउ परेका तेन्जिङ दावा र उनको साथमा देखिएको हतियारबीचको सम्बन्ध प्रमाणित भयो भने, यो केवल एउटा फोटोग्राफको कुरा मात्र हुनेछैन — यो नेपालको आन्तरिक सुरक्षा र राजनीतिक सन्तुलनमा देखिएको गम्भीर चेतावनीको संकेत हुनेछ।