TOB ग्रुपका अध्यक्ष तेन्जिनको कोठामा भेटियो भारतीय आर्मीको ड्रेस लगाएको फोटो, प्रहरी नै चकित

काठमाडौं — सामाजिक सञ्जालमा भाइरल भएको बिजुलीबजारको पुलमा पेस्तोल बोकेर उभिएको भिडियो जेनजी आन्दोलनसँग जोडिएको भनी फैलिएको भ्रम प्रहरी अनुसन्धानले खारेज गरेको छ। भिडियो करिब एक वर्ष पुरानो रहेको र नक्कली पेस्तोल रहेको प्रहरीले पुष्टि भएको छ।

काठमाडौंको बिजुलीबजार पुलमा पेस्तोल बोकेर उभिएको एक ब्यक्तिको फोटो र भीडीओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। यसलाई जेनजी आन्दोलनसँग सम्बन्धित हो भन्ने चर्चा व्यापक भएको थियो। तर, प्रहरीले गरेको अनुसन्धानले यो भिडियो करिब एक वर्ष पुरानो रहेको र त्यसमा देखिएको पेस्तोल नक्कली भएको पुष्टि गरेको छ।

ती भिडियोमा देखिएका ३० वर्षीय तेन्जिन दावा लामाले कम्मरको पछाडि नक्कली पेस्तोल राखेका थिए। अनुसन्धान अधिकृतका अनुसार बरामद नक्कली पेस्तोल भिडियोमा देखिएको पेस्तोलसँग मेल खान्छ। तेन्जिनले आफूले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेर मात्र ध्यानाकर्षण गर्न चाहेको र आन्दोलनमा कुनै भूमिका नरहेको बताएका छन्।

तेन्जिनले ज्याकेटमा ‘टीओबी’ र ‘Tibetan Original Blood’ लेखेको देखाएका थिए। प्रारम्भिक शंकाका बाबजुद, प्रहरी अनुसन्धानले उनलाई फ्रि तिब्बतका एजेन्ट नभएको पनि पुष्टि गरेको छ। उनले सुदन गुरुङ वा अन्य जेनजी अगुवाहरूसँग कुनै सम्बन्ध नरहेको पनि बताएका छन्।

तेन्जिन तिब्बतीयन मूलका हुन्, १० कक्षा पढेका, ट्याटु आर्टिस्ट र बाइक राइडर हुन्। उनले केही समय गाँजा सेवन गर्ने गरेका थिए। उनका परिवारका सदस्य भारतमा बस्छन् र उनी एक्लो छोरा हुन्।

उनको आगजनी, तोडफोड वा लुटपाटमा प्रत्यक्ष संलग्नता नभएको पनि अनुसन्धानले देखाएको छ। पेस्तोल र टीओबी ज्याकेटले जेनजी आन्दोलनसँग गलत सम्बन्ध देखाउने प्रयास गरिएको जनाईएको छ। यो घटना नियोजित हिंसा वा राजनीतिक गतिविधिसँग सम्बन्धित नभएको पनि खुलेको छ।

तेन्जिनको कोठामा भेटिएको भारतीय आर्मीको ड्रेस लगाएको फोटोले भने प्रहरीलाई चकित बनाएको छ। यसले उनका व्यक्तिगत रुचि र पारिवारिक पृष्ठभूमि देखाउँछ, तर आन्दोलन वा हिंसासँग कुनै प्रत्यक्ष सम्बन्ध देखाउँदैन। प्रहरीले तेन्जिनमाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट