विराटनगरमा मध्येराति भएको मोटरसाइकल दुर्घटनामा चर्चित क्रिकेटर मिनष थापा मृत्यु

विराटनगर— विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा चर्चित क्रिकेटर मिनष थापाको मृत्यु भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ अन्तर्गतको भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार थापा प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल चलाउँदै विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै थिए। राति करिब पौने १ बजेको समयमा मोटरसाइकल अचानक अनियन्त्रित भई सडकमा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको आवाज सुनेर स्थानीय बासिन्दा र प्रहरी घटनास्थल पुगेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। तर अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

मिनष थापा कोशी प्रदेशका आशालाग्दा क्रिकेटरका रूपमा चिनिन्थे। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने कोशी प्रदेशको तर्फबाट विभिन्न फ्रेन्चाइज तथा प्रतियोगितामा समेत सहभागिता जनाएका थिए। आक्रामक ब्याटिङ र ऊर्जावान खेलशैलीका कारण उनी क्रिकेटप्रेमी माझ लोकप्रिय थिए।

उदाउँदो खेलाडीको असामयिक निधनले परिवार, साथीभाइ, खेलाडी समुदाय र क्रिकेटप्रेमीहरूलाई गहिरो शोकमा डुबाएको छ। सामाजिक सञ्जालमा खेलकर्मी र शुभेच्छुकहरूले थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट