ओलीको ‘नो–डिसेन्ट’ राजनीति संकटमाः सधैं विरोध गर्ने योगेश भट्टराई यसपटक टिकटबाहिर (सूचिसहित)

काठमाडौँ — नेकपा एमालेभित्र वर्षौंदेखि नेतृत्वको निर्णयमाथि प्रश्न उठाउँदै आएका उपमहासचिव योगेश भट्टराई यसपटक अध्यक्ष केपी शर्मा ओलीको कठोर राजनीतिक रणनीतिको केन्द्रमा परेका छन्। निरन्तर असहमति, नोट अफ डिसेन्ट र आन्तरिक लोकतन्त्रको कुरा गर्दै आएका भट्टराईलाई ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नै नबनाउने संकेत दिएका छन्।

देशभर एमालेका उम्मेदवारको सूची सार्वजनिक हुँदा भट्टराईको नाम त्यसमा नपर्नु संयोग होइन, सन्देश हो। ३ माघमा बसेको एमाले सचिवालय बैठकले प्रत्यक्षतर्फका अधिकांश उम्मेदवार टुंग्यायो। तर बैठकको सबैभन्दा विवादास्पद पाटो बनेको थियो— टिकट वितरणकै विषयमा उपमहासचिव भट्टराईले खुलेर असहमति जनाउनु। अध्यक्ष ओलीले पेश गरेको प्रस्तावप्रति आपत्ति जनाउँदै उनले ‘नोट अफ डिसेन्ट’ लेख्ने स्पष्ट घोषणा गरे।

स्रोतका अनुसार भट्टराईले टिकट वितरणमा कुनै मापदण्ड नबनाइएको, आन्तरिक एकतालाई नजरअन्दाज गरिएको र बाह्य राजनीतिक चुनौतीलाई गम्भीरतापूर्वक नलिइएको तर्क राखेका थिए। भट्टराईको यो अडान पार्टी नेतृत्वका लागि असहज बन्यो। निर्णयपछि सार्वजनिक गरिएको उम्मेदवार सूचीमा उनले चुनाव लड्दै आएको ताप्लेजुङ खाली राखिएको छ।। उपमहासचिव लेखराज भट्टले औपचारिक रूपमा ‘अध्यक्षले पछि टुंग्याउने’ बताए पनि पार्टीभित्रको बुझाइ स्पष्ट छ— ओली योगेश भट्टराईलाई टिकट दिन इच्छुक छैनन्।

एमालेभित्र भट्टराईलाई सधैं ‘असहमत नेता’ का रूपमा हेरिँदै आएको छ। नेतृत्वसँग सधैं टकराव लिईरहने, निर्णयमाथि प्रश्न उठाउने र कहिलेकाहीँ सार्वजनिक आलोचना समेत गर्ने उनको शैली ओली नेतृत्वका लागि सधैं असजिलो रहँदै आएको थियो। यही कारणले यसपटक उनलाई चुनावी मैदानबाटै पन्साउने प्रयास भएको पार्टीकै नेताहरू स्वीकार्छन्।

यो निर्णयले एमालेभित्रको अर्को गहिरो यथार्थ पनि उजागर गरेको छ। ११औं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट निर्वाचित भएका भट्टराई मात्र होइन, सोही धारका धेरै प्रभावशाली नेताहरू यसपटक टिकटबाट वञ्चित भएका छन्। ओलीसँग अध्यक्षमा भिडेका पोखरेल स्वयं काठमाडौं–५ बाट उम्मेदवार बन्न पाएनन्। उनका प्यानलसँग जोडिएका गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, कर्ण थापा लगायत नेताहरू पनि टिकट सूचीबाट बाहिरिए।

यसले एमालेभित्र अब योग्यता, योगदान वा निर्वाचन जित्ने सम्भावनाभन्दा पनि नेतृत्वप्रतिको निष्ठा नै टिकटको प्रमुख मापदण्ड बनेको आरोपलाई बल दिएको छ। कतिपय स्थानमा अघिल्लो चुनाव जितेका सांसदलाई समेत हटाइएको छ, जसको स्पष्ट कारण नेतृत्वले सार्वजनिक गर्न सकेको छैन।

टिकट नटुंगिएको अवस्थामा पनि भट्टराईले सार्वजनिक रूपमा संयम देखाएका छन्। ताप्लेजुङको निर्णयपछि उनले सामाजिक सञ्जालमार्फत समर्थकलाई विचलित नहुन आग्रह गर्दै एमालेका उम्मेदवारलाई जिताउन सक्रिय रहन आह्वान गरे। ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ,’ उनको सन्देश भावनात्मक देखिए पनि पार्टीभित्रको राजनीतिक सन्देश भने कठोर छ।

एमालेभित्र अहिले प्रश्न उठ्न थालेको छ— असहमति राख्ने, प्रश्न गर्ने र फरक धार प्रस्तुत गर्ने नेताका लागि अब पार्टीभित्र स्थान कति सुरक्षित छ ? योगेश भट्टराईको टिकट संकट व्यक्तिगत घटना मात्रै होइन। यो ओली नेतृत्वको एमालेमा आलोचना र विद्रोहको मूल्य कति महँगो पर्छ भन्ने उदाहरण बनेको छ। सधैं नेतृत्वसँग जोरी खोज्ने योगेश यसपटक बानीकै कारण चुनावी दौडबाटै बाहिरिने अवस्थामा पुगेका छन्।

कुन नेता कहाँबाट उम्मेदवार ?

सुदूरपश्चिम प्रदेश

Hardik IVF
Laxmi Sunrise bank

कैलाली

१. द्वारिका न्यौपाने

२. सूर्यबहादुर थापा

३. गौरीशंकर चौधरी

४. लेखराज भट्ट

५. यज्ञराज ढुङ्गाना

कञ्चनपुर

१. कमला बोहरा

२. वचनबहादुर सिंह

३. दीपक भट्ट

अछाम

१. झपटबहादुर बोहरा

२. यज्ञ बोगटी

बाजुरा

१. लालबहादुर थापा

डोटी

१. दीपक धामी

डडेलधुरा

१. चक्र स्नेही

बझाङ

१. अफिलाल ओखेडा

बैतडी

१. दामोदर भण्डारी

दार्चुला

१. गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश

सल्यान

१. गुलाबजंग शाह

रुकुम पश्चिम

१. नन्दराम देवकोटा

सुर्खेत

१. ध्रुव शाही

२. कुलमणि देवकोटा

कालीकोट

१. नागेन्द्र शाही (नेसनल)

जुम्ला

१. शान्तिबहादुर महत

मुगु

१. पूर्णबहादुर रोकाया

हुम्ला

१. दल फडेरा

डोल्पा

१. लङ्क रोकाया

दैलेख

१. रविन्द्रराज शर्मा

२. लक्ष्मीराज शर्मा

जाजरकोट

१. डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश

नवलपरासी

१. रामप्रसाद पाण्डे

२. भगवतीप्रसाद यादव

रुपन्देही

१. अध्यक्षले टुङ्गाउने

२. अध्यक्षले टुङ्गाउने

३. बासुदेव घिमिरे

४. अध्यक्षले टुङ्गाउने

५. खिमलाल भट्टराई

कपिलवस्तु

१. विश्राम चौधरी

२. अध्यक्षले टुङ्गाउने

३. बिरेन्द्र कडौनिया

दाङ

१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने

२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने

३. घनश्याम पाण्डे

बाँके

१. सूर्य ढकाल

२. अध्यक्षले टुङ्गाउने

३. दलबहादुर सुनार

बर्दिया

१. सालिकराम अधिकारी

२. विमला विक

पाल्पा

१. नारायण आचार्य

२. विष्णुप्रसाद पोडेल

रुकुम पूर्व

१. अध्यक्षले टुङ्गाउने

रोल्पा

१. गोकुल घर्ती

प्यूठान

१. सूर्यबहादुर थापा

अर्घाखाँची

१. पिताम्बर भुसाल

गुल्मी

१. प्रदीप ज्ञवाली

२. गोकर्ण बिष्ट

गण्डकी प्रदेश

नवलपुर

१. भागीरथ सापकोटा

२. तिलबहादुर (तिलक) महत क्षेत्री

गोरखा

१. आर.सी. लामिछाने

२. मिलन गुरुङ

लमजुङ

१. पृथ्वी सुब्बा गुरुङ

तनहुँ

१. भगवती न्यौपाने

२. केदार सिग्देल

स्याङ्जा

१. मिनप्रसाद गुरुङ

२. खिमबहादुर थापा

म्याग्दी

१. हरिकृष्ण श्रेष्ठ

कास्की

१. बैणबहादुर क्षेत्री

२. कृष्ण थापा

३. दामोदर बैरागी

बागलुङ

१. हिरा केसी

२. मञ्जु शर्मा चालिसे

मुस्ताङ

१. इन्द्रधारा बिष्ट

मनाङ

१. पोल्देन सोताङ गुरुङ

पर्वत

१. पदम गिरी

बागमती प्रदेश

सिन्धुली

१. प्रदीप केसी (कटुवाल)

२. मनोजजंग थापा

रामेछाप

१. माधवप्रसाद ढुङ्गेल

दोलखा

१. पार्वत गुरुङ

सिन्धुपाल्चोक

१. आङदोर्जे शेर्पा

२. शेरबहादुर तामाङ

काभ्रे

१. अमित लामा

२. अध्यक्षले टुङ्गाउने

धादिङ

१. भूमी त्रिपाठी

२. धनबहादुर घले

नुवाकोट

१. बद्री मैनाली

२. केशव पाण्डे

रसुवा

१. प्रेमबहादुर तामाङ

मकवानपुर

१. रामेश्वर राना

२. महेश बर्तौला

चितवन

१. कृष्णराज (कमल) पाठक

२. अस्मिन घिमिरे

३. शंकरराज थपलिया

काठमाडौं

१. मोहन रेग्मी

२. मणिराम फुयाल

३. रामेश्वर फुयाल

४. अध्यक्षले टुङ्गाउने

५. अध्यक्षले टुङ्गाउने

६. अमनकुमार मास्के

७. अध्यक्षले टुङ्गाउने

८. राजेश शाक्य

९. अध्यक्षले टुङ्गाउने

१०. विनोद श्रेष्ठ

ललितपुर

१. चेतनाथ सञ्जेल

२. प्रेमबहादुर महर्जन

३. अध्यक्षले टुङ्गाउने

मधेश प्रदेश

सप्तरी

१. सुमन प्याकुरेल

२. सतिश सिंह

३. ताराकान्त चौधरी

४. बालकृष्ण चौधरी

सिराहा

१. केदार यादव

२. नविनकुमार यादव

३. लिलानाथ श्रेष्ठ

४. बिल्टु यादव

धनुषा

१. रामचन्द्र मण्डल

२. उमाशंकर अग्रहरि

३. जुली महतो

४. रघुवीर महासेठ

महोत्तरी

१. लक्ष्मी महतो कोइरी

२. रामपरिक्षण यादव

३. अध्यक्षले टुङ्गाउने

४. सरोज यादव

सर्लाही

१. अध्यक्षले टुङ्गाउने

२. अध्यक्षले टुङ्गाउने

३. हरि उप्रेती

रौतहट

१. अजय गुप्ता

२. शैलेन्द्र साह

३. कुन्दन कुशवाहा

४. रामजी शाह

बारा

१. अच्युत मैनाली

२. बलवीर चौधरी

३. ज्वाला शाह

४. किसान श्रेष्ठ

पर्सा

१. अध्यक्षले टुङ्गाउने

२. अध्यक्षले टुङ्गाउने

३. प्रमोद जैसवाल

४. जालिम मियाँ अन्सारी

कोशी प्रदेश

ताप्लेजुङ

१. अध्यक्षले टुङ्गाउने

पाँचथर

१. अइन्द्रसुन्दर नेम्वाङ

इलाम

१. काजिमान कागते

२. सुहाङ नेम्वाङ

झापा

१. रामचन्द्र उप्रेती

२. देवराज घिमिरे

३. अध्यक्षले टुङ्गाउने

४. मनोज ताम्ली

५. केपी शर्मा ओली

संखुवासभा

१. डा. अर्जुन कार्की

धनकुटा

१. राजेन्द्र राई

भोजपुर

१. शेरधन राई

तेह्रथुम

१. भानुभक्त ढकाल

सुनसरी

१. सूर्य पन्दाक

२/३. जगदीश कुसियात (सो मध्य–१ अध्यक्षले टुङ्गाउने)

४. भगवती चौधरी

मोरङ

१. घनश्याम खतिवडा

२. दिलीप बगेडिया

३. दिलीप राई

४. जीवन घिमिरे

५. अध्यक्षले टुङ्गाउने

६. अध्यक्षले टुङ्गाउने

सोलुखुम्बु

१. कल्पना राई

ओखलढुंगा

१. अस्मिता थापा

उदयपुर

१. दुर्गा थापा स्वोती

२. अमर रायमाझी

खोटाङ

१. देवविक्रम राई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट