सप्तरीः फुपुकोको घरमा नाबालिकामाथि ब*लात्कार गरेर फरार भएका किशोर कञ्चनपुरबाट पक्राउ

राजविराज– सप्तरीको कञ्चनरुप क्षेत्रमा एक नाबालिकामाथि बलात्कार गरेको आरोपपछि फरार रहेका एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जेठ २३ गते बिहान करिब १० बजे कञ्चनरुप नगरपालिका क्षेत्रमा एक १६ वर्षीया नाबालिकामाथि बलात्कार भएको थियो। प्रहरीका अनुसार घटनामा संलग्न रहेका आरोपित किशोर घटना लगत्तै फरार भएका थिए।

पीडित पक्षको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि प्रहरीले आरोपितको खोजी तीव्र बनाएको थियो। खोजतलासकै क्रममा जेठ २५ गते कञ्चनरुप नगरपालिका–८ स्थित बेरियर चोकबाट आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका १५ वर्षीय किशोरलाई कानुनबमोजिम नियन्त्रणमा लिएर बलात्कार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ। घटनाको संवेदनशीलता र पीडितको गोपनीयतालाई ध्यानमा राख्दै प्रहरीले नाम, ठेगाना र पहिचान खुल्ने विवरण सार्वजनिक गरेका छैनन्।

घटनापछि पीडितकी आमाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो। प्रारम्भिक अनुसन्धानपछि थप प्रमाण संकलन, बयान र अन्य कानुनी प्रक्रिया पूरा गर्न आवश्यक देखिएकाले जिल्ला अदालत सप्तरीले आरोपितमाथि अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ।

प्रारम्भिक अनुशन्धानका क्रममा प्रतिवादीले आफनै फुपुको घरमा ति नाबालिकामाथि बलात्कार गरेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट