सप्तरीको कञ्चनरुपमा गोरु चोरेर भारततर्फ लैजाँदै गरेका स्थानीय दुई युवक पक्राउ

राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिका–१ मा गोठबाटै गोरु चोरी गरेर भारततर्फ लैजाँदै गरेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। भारततर्फ छिर्ने क्रममा तिलाठीस्थित बेल्ही भन्सार नजिकैबाट उनिहरुलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–२ का ३२ वर्षीय नुरुसाद शेख र ३० वर्षीय मुन्ना शेख छन्। ९ असारको बेलुका करिब ९ बजे कञ्चनरुप–१ डुवानस्थित मोहन माफज यादवको गोठबाट दुई वटा गोरु चोरी भएको थियो। गोरु हराएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी खोजतलास सुरु गरिएको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आशंकामा रहेका नुरुसाद र मुन्नालाई तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्ही भन्सार नजिक भारततर्फ प्रवेश गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ। सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट