छोरी जन्मिएपछि अस्पतालमै छोडेर आमा र हजुरआमा फरार
काठमाडौं– वीरगञ्जको नारायणी अस्पतालमा एक महिला छोरी जन्माएर फरार भएकी छिन्। १२ फागुनमा छोरीलाई जन्म दिएकी उनी सोही साँझ अस्पतालबाट फरार भएकी हुन।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार बच्चा जन्मिएकै दिन ती महिला र उनकी सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएका हुन। ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन्।
प्रहरीका अनुसार उक्त नाम र ठेगाना गलत भएको आशंका छ। ‘योजनाबद्ध रुपमा नै छाडेर हिँडेको जस्तो देखिन्छ। सीसी टीभी फुटेज लगायतका आधारमा खोजी गरिरहेका छौं’– डीएसपी कुमार विक्रम थापाले भने।
प्रत्यक्षदर्शीका अनुसार छोरी जन्मिएपछि सासु वुहारीबीच अस्पतालमै झगडा परेको थियो।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी आन्दोलनमा वितण्डा मच्चाउने समूहका ‘कमाण्डर’ पूर्व सैनिक पक्राउ, सुरक्षा निकायको अनुशासनमा प्रश्न
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
