प्रेम प्रकरणले सेनामा लफडाः विवाहित पुरुष र अविवाहित महिलाको प्रेम विरुद्ध मुद्दा
काठमाण्डौं– नेपाली सेनामा एउटा प्रेम प्रकरण उत्कर्षमा पुगेको छ। एक जना विवाहित पुरुष मेजर र अविवाहित महिला मेजरबीचको प्रेम प्रकरण कारवाहीकै तहसम्म पुगेको जनाईएको छ।
स्रोतका अनुसार ३८ वर्षका पुरुष र ३५ वर्षकी केटीको प्रेम प्रकरणमा मुद्दा नै परेको बताइन्छ । लफडा बढ्दै गएकाले दुवैको जागिर धरापमा छ। पुरुष मेजरको पेन्सन हुने समय भएको छ भने महिलाको भने जागिर अवधि अझै निकै छ।
अवकाशप्राप्त एक जना जर्नेलले एउटा ब्यारेकबाट अर्कोमा सरुवा हुनेबित्तिकै नयाँ घरजम गर्नेको बाढी नै आएको वताएका छन्। उनले ‘खानपान र ग्लोबलाइजेसनको असर’ पनि यस्तो भएको हुन सक्ने आँकलन गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

