विहारमा एक युवकले टोक्दा सर्प मर्यो, सर्पले टोकेका युवक सुरक्षित

काठमाण्डौं– सर्पले टोकेर मान्छेको मृत्यु भएको त सवैले सुनेकै विषय हो। तर, विहारका एक युवकले टोक्दा सर्प मरेको छ।

बिहारका सन्तोष लोहारले टोक्दा सर्प मरेको हो। लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो। सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा सर्पको विष नलाग्ने त्यहाँको मान्यता छ। मानिसको शरीरमा रहेको विष सर्पलाई टोक्दा सर्पको शरीरमा फिर्ता हुने स्थानीयको मान्यता छ।

भारतीय मिडियाका अनुसार रेलवे निर्माण क्षेत्रको राजौलीमा लोहारलाई सर्पले त्रिपालभित्र छिरेर टोकेको थियो। रजौली थाना क्षेत्रको जंगली इलाकामा रेलवे लाइन बिछ्याउने काम चलिरहेको छ। मंगलवार रती सवै मजदूरहरु सुतिरहेका थिए।

यसैवेला सन्तोषलाई सर्पले टोक्यो। त्यसपछि रिसाएका उनले सर्पलाई पनि २ पटक टोकिदिए। उनले यसरी टोकेपछि सर्प मर्यो। सन्तोषको उपचार गरिरहेका डाक्टर सतीशचन्द्र सिन्हाले उनी ठिक भईसकेका छन्। सन्तोषलाई अस्पतालले डिस्चार्ज पनि गरिसकेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट