सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पेसी

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पेसी तोडिएको छ। काठमाडौं जिल्ला अदालतमा फैसालको चरणमा रहेको मुद्दाको फैसला गर्न पेसी तोकिएको हो।

यो मुद्दाको अन्तिम सुनुवाइका लागि पटकपटक पेसी तोकिए पनि अझै टुंगो लागेको छैन। यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवारको बसाइँसराइ अभिलेख झिकाउन आदेश दिएको थियो।

उक्त आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइ सम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेकाले आजका लागि पेसी तोकिएको हो। अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ।

सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन्।

उनले ०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीप विरुद्ध जाहेरी दिएकी थिइन्। उजुरीमा भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौं ल्याई रातको करिव ११ः५५ बजे होटलको कोठा नं. ३०५ मा र भदौ ६ गते रातको करिव १२ः२५ बजे पटक पटक बलात्कार गरेको आरोप छ।

त्यस वेला उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। उजुरी परेको जानकारी पाएपछि सन्दीपले नेपाल फर्किन ढिला गरेर सम्पर्क विहिन भए।

प्रहरीले रेडकर्नर नोटिस जारी गर्न लागेपछि उनी स्वदेश फर्किए। उनी प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न चाहान्थे। प्रहरीसँग उनले यो विषयलाई आग्रहका रुपमा प्रश्तुत गरे। तर, प्रहरीले उनको प्रस्ताव अस्विकार गर्दै विमानस्थलबाट पक्राउ गरेर हतकडी लगाएको थियो।

पछि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठायो। तर उच्च अदालत पाटनले ५ सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। त्ययसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट