बलात्कार आरोपी एमालेका वडाध्यक्ष धमला कारागार चलान

ओखलढुङ्गा– बलात्कार आरोप लागेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमलालाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ।

ओखलढुंगा जिल्ला अदालतले धमलालाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ। अदालतको आदेपछि वडाध्यक्ष धमला कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर बालिस्टर सिंहले बताए।

स्थानीय २५ वर्षीया युवतीले धमलाले धमलामाथि बलात्कार आरोपसहित प्रहरीमा जाहेरी दिएकी थिईन। सोही जाहेरीका आधारमा असोज ५ गते धमलाविरुद्ध मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि असोज ७ गते अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

धमलालाई असोज९ गते सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको थियो। पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए। प्रहरीको खोजी सूचीमा रहेका धमलाले असोज सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानूनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए।

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

सम्बन्धित खबर

* धानबारीमा ८ वर्षिया बालिकामाथि बलात्कार गर्ने ५५ वर्षिय पुरुष पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट