धानबारीमा ८ वर्षिया बालिकामाथि बलात्कार गर्ने ५५ वर्षिय पुरुष पक्राउ

दमक– धानबारीमा लगेर ८ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा झापा प्रहरीले ५५ वर्षिय एक ब्यक्तिलाई पक्राउ गरेको छ।

शिवसताक्षी नगरपालिका–५, आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई फकाएर धानबारीमा पुर्याई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

घट्नाका विषयमा उजुरी परेपछि ताजपुरियालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट