मन्त्रीको गाडीले ठक्कर दिँदा सर्लाहीका तीन युवा घाईते, एकको अवस्था गम्भिर

जनकपुर– मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजादको गाडीले ठक्कर दिँदा सर्लाहीका तीन जना घाईते भएका छन्।

मन्त्रीको मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको जिपले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका हुन्। घाईते मध्ये एक जनाको अवस्था गम्भिर छ।

सर्लाहीको बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा भएको दुर्घटनामा बरहथवा नगरपालिका ५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका–५ मोहनपुरका १८ वर्षीय दीपक महतो र वाग्मती नगरपालिका–१० शंकरपुरका १९ वर्षीय अजय महतो घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक छ। उनीहरु सवैको वीरगन्जमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। दुर्घटनापछि मन्त्रीका चालक फरार छन्। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा हुइँकिएको मन्त्री चढ्ने जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवाहरू सडकमै परसम्म बजारिएका थिए।

आक्रोशित स्थानीयले गाडीमा तोडफोडसमेत गरेका छन् । गाडी अहिले इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट