टी–२० विश्वकप एसिया छनोट फाइनलको सुपर ओभरमा नेपाल पराजित, ओमानले जित्यो उपाधि

काठमाडौं– टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ। सुपर ओभरमा पाएको लक्ष पुरा गर्न नसक्दा नेपााल पराजित भएको हो।
टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ। सुपर ओभरमा पाएको लक्ष पुरा गर्न नसक्दा नेपााल पराजित भएको हो।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएको थियो। नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै बनाएपछि स्कोर बराबर भयो।
जसका कारण खेल सुपर ओभरमा पुग्यो। अन्तिम ओभरमा ओमानलाई ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले दोस्रो र तेस्रो बलमा विकेट लिए। तर चौथो बलमा एक रन र पाँचौ बलमा चौका भयो। अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो। ओमानका लागि ६३ रन बनाएका कश्यप प्रजापतिलाई रोहित पौडेलबाट क्याच गराएका थिए। १८औं ओभरमा नेपालका अभिनास बोहराले आउट हुनुअघि उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
१९औं ओभरको पहिलो बलमा ओमानका निशमलाई करण केसीले १ रनमा विवेक यादवलबाट क्याच आउट गराए। करणले पाँचौ बलमा मेहरान खानलाई विवेककै हातबाट १० रनमा आउट गरे। तर सो ओभरमा करणले १८ रन खर्चिदा नेपालमाथि दबाब बढेको थियो। त्यसअघि विवेकले ओमानका कप्तान जीशन मक्सुदलाई २६ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।
यस्तै गुल्सन झाले ओमानका अबिक इल्यासलाई ३३ रनमा सन्दीप जोराबाट क्याच गराए। अकिबले दशौं ओभरमा आउट हुनुअघि दोस्रो विकेटका लागि कश्यप प्रजापतिसँग ६७ रनको साझेदारी गरे। ओमानका प्रतिक अथाभलेलाई नेपालका सोमपाल कामीले तेस्रो ओभरको अन्तिम ओभरमा ७ रनमा एलबिडब्लूको धरापमा परे। सोमपालले सो ओभररको पहिलो पाँच बलमा तीन चौकासहित १७ रन खर्चिएका थिए।
कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा गुल्सनले २५ बलमा ५४ रनको योगदान गरे। उनले पाँचौ विकेटका लागि कप्तान रोहित कुमार पौडेलेसँग ७८ रनको साझेदारी गरे। गुल्सन दशौं ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए। मल्ल आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६० रन जोडेको थियो। गुल्सनसँगै कप्तान रोहित पौडेलले पनि नटआउट ५२ रन जोडे। उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
करण केसीले नटआउट २० रन जोडे। करणले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे। नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो। नेपालले ८ ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमायो। ओपनिङ ब्याटर आसिफ शेख तेस्रो ओभरमा विलाल खानको बलमा ६ रनमा क्याच भए।
सातौं ओभरमा सन्दीप जोरा १० रनमा जीशन मक्सुदबाट बोल्ड भए। आठौं ओभरको पहिलो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३१ रनमा गुमायो। अकिब इल्यासको बलमा क्याच हुनुअघि उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। विवेक यादवले १९औं ओभरमा छैटौं विकेटको रुपमा आउट हुनुअघि १ रन मात्र जोड्न सके। बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए।