दुई टुक्रा पारी श्रीमतीको हत्या, हराइन् भन्दै प्रहरीमा निवेदन दिएर आफु फरार

काठमाडौं– श्रीमतीलाई दुई टुक्रा पारी हत्या गरेर हराएको भन्दै निवेदन दिने काठमाडौंको शंखरापुर नगरपालिका–१ का ३३ वर्षीय लालु बिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार २३ जेठमा २८ वर्षीया श्रीमती गोपी विक वेपत्ता भएको भन्दै खोजीका लागि निवेदन लिएर प्रहरी चौकी नाङ्ले पुगेका थिए। फेरि उनले १० असारमा प्रहरी प्रभाग साँखुमा पनि हुलियासमेतको निवेदन दिए।

तर मृतक गोपीका भाई गोपाल विकले खोजतलास गरी पाउँ भन्दै प्रहरीमा अर्को निवेदन दिएपछि अनुसन्धान गर्दै जाँदा हत्यामा पती लालुकै संलग्नता भएको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि २९ साउनदेखि लालु फरार रहेका थिए।

भागेर भारत पुगेका उनी ५ कात्तिकमा काठमाडौं आएको जानकारी पछि प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका–८ मालकबारीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटना १९ जेठमा भएको हो। सोधपुछका क्रममा उनले श्रीमती गोपीको आफैंले हत्या गरेको स्वीकारेका छन्। १९ जेठको विहान ६ बजेतिर सामान्य घरायसी विवादका क्रममा झगडा हुँदा टाउकोमा हानेर हत्या गरेको उनले प्रहरीलाई बताएका छन्।

हत्यापछि गोपीको शवलाई दुई टुक्रा पारेर २० जेठको राती १ बजे दुईवटा बोरामा हालेर मोटरसाइकलमा राखी देउराली सामुदायिक वनमा लगी आफैंले खाल्डोमा पुरेको उनले बयान दिए।

प्रहरीले उनलाई साधमा लिएर शव गाडेको भनिएको ठाउँमा पुर्याएको छ। करिव ५ फिटको खाल्डोमा दुई बोराभित्र हालिएको शवका दुई टुक्रा फेला परेको प्रहरीको भनाई छ।। शवलाई परीक्षणका लागि अस्पताल पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट