बिहे गर्छु भन्दै शारीरिक सम्बन्ध राखेर भागेपछि बलात्कार मुद्दा

प्युठान– प्युठानको माण्डवी गाउँपालिका–४ धनचौरका २६ वर्षीय संगीत केसी भन्ने अर्जुन दमाई बलात्कार आरोपमा पक्राउ परेका छन्।

बिहे गर्छु भन्दै शारीरिक सम्बन्ध राखी नगद तथा जिन्सी लुटेर फरार भएपछि एक महिलाको उजुरीका आधारमा दमाई पक्राउ परेका हुन।

प्रहरीका अनुसार दमाईले एक ३४ वर्षीया महिलासँग बिहे गर्छु भन्दै प्रलोभनमा पारी सोबार राति शारीरिक सम्बन्ध राखेका थिए।

तर, विवाह गर्नुको सट्टा नगद र जिन्सी सामान लुटेर फरार भएपछि महिलाले दमाईविरुद्ध बलात्कारको उजुरी दिएकी थिईन। सोही उजुरीका आधारमा युवकलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा छन्।


प्रतिक्रिया

One thought on “बिहे गर्छु भन्दै शारीरिक सम्बन्ध राखेर भागेपछि बलात्कार मुद्दा

Leave a Reply to Sanjay Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट