दुर्गा प्रसाईँको कार्यक्रमका लागि काठमाडौंँ पुगेका महिलालाई मध्यरातमामा होटलबाट लखेट्यिो

राजविराज– विवादित मेडिकल ब्यवासयी दुर्गा प्रसाईँले मंसिर ७ गते काठमाण्डौमा आयोजना गरेको प्रदर्शनमा भाग लिन पुगेका महिलाहरुलाई युवासंघका कार्यकर्ताले मध्यरातमा होटलबाट लखेटेको भन्दै एउटा भीडीओ सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

राति खिचिएको भिडियोमा एउटा हलमा भुइँमा ओछ्यान लगाएर बसेका महिलाहरु देखिन्छन् । एक जना पुरुषले ‘हेलो दिदीहरु, सात गतेको कार्यक्रममा आउनु भएको हो ?’ भनेर सोध्छन् । अर्का एक पुरुषले ‘छिटो गइहाल्नुस’ भनेपनि सुनिन्छ।

त्यसको जवाफमा एक महिलाले ‘हामी जान्छौं हो जान्छौं, लुगा लगाउन दिनुस् न हामीलाई’ भन्छिन् । ‘तपाईंहरु सात गतेको कार्यक्रममा आउनु भएको होइन ? ल ठिक छ तपाईंहरु उठिहाल्नुस् त’ भन्दै एक पुरुष आवाजले ‘छिटो–छिटो गर्नुस् न’ भन्दै डर देखाईरहेको छ।

त्यसपछि अर्का एक जनाले ‘लुगा लगाउन १० मिनेट टाइम दिएको’ भन्दै समय निर्धारण गरेपछि कोठामा भएका महिलाहरु उठ्छन् र झोला बोकेर कोठाबाट बाहिर निस्किन्छ। फेरी एक पुरुषले ‘तपाईंहरु कुन जिल्लाबाट आउनु भएको ?’ भनेर प्रश्न गर्छन् । अर्का पुरुषले नै ‘इटहरीबाट अरे’ भनेर आफैं उत्तर दिन्छन् ।

‘ए इटहरी !’ भन्दै पुरुषहरु उनीहरुलाई बस चढाएर इटहरी नै फर्काइदिने कुरा गर्छन् । त्यसपछि एक महिलाले ‘आजको रात यहीँ बस्न दिनोस’ भन्दै आग्रह गरेपछि पुरुषहरु ‘हुँदैन हुँदैन’ भन्दैन इन्कार गर्छन।

त्यसपछि महिलाहरु आफ्ना झोला बोकेर सडकमा हिँडिरहेको देखिन्छ। यो भिडियो कहाँको हो भन्ने खुलेको छैन । तर, भीडीओमा भएको कुराकानीका आधारमा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ।

भिडियो सेयर गर्नेहरुले युवा संघले राति सुतिरहेका महिलाहरुलाई दुर्ब्यवहार गरेको भन्दै स्ट्याटस लेखेका छन्। प्रसाईँ समुहले पनि युवा संघमाथि नै आरोप लगाएको छ। युवा संघले भने त्यसको खण्डन गरेको छ । युवा संघका नेताहरुले आफुहरु अराजकताविरुद्धको अभियानमा रहेकोले त्यस्तो हर्कत युवासंघले नगर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट