रिसेप्सनमा विवाद भएपछि वेहुलाले गोली हानेर वेहुलीको परिवारै उडाए
काठमाडौं– थाईल्याण्डका एक पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नै नव दुलही र उनकी आमासहित चार जनाको हत्या गरेका छन्। त्यसपछि उनले स्वयम्लाई पनि गोली हानेका थिए।
थाई प्रहरीका अनुसार आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहको रिसेप्सनमा वेहुली कञ्चना पचुन्थुक, उनकी आमा, वहिनी र एक जनालाई गोली हानेका थिए।
थाई सेनाका रेन्जर समेत रहेका उनको वेहुली र उनका आफन्तसँग निजी मामिलामा बहस भईरहेको थियो। सोही क्रममा चतुरोङले आफ्नो कारमा गएर बन्दुक ल्याईन पहिलो आफनो श्रीमती र अन्य तीन जनालाई गोलीले उडाएका थिए।
उत्तरपूर्वी नाखोन रत्चासिमा प्रान्तका प्रहरी अधिकारीका अनुसार सीमामा गस्ती गर्ने क्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएका छन्।
पौडी खेलाडी उनले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा दुई रजत पदक जितेका थिए।
– एजेन्सी

