जंगली जनावरको शिकार गर्न गएका युवक आफै शिकार भए

काठमाडौं– दोलखामा जंगली जनावरको शिकार गर्न गएका एक युवक आफै शिकार भएका छन्।
तामाकोशी गाउँपालिका–२ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव कार्कीको आफैंले चलाएको गोली लागेर शनिबार मृत्यु भएको छ।
भरूवा बन्दुक लिएर कार्कीसहित सात जना शनिबार राति घर नजिकै जंगलमा सिकार खेल्न गएका थिए। कार्कीले भरूवा बन्दुक पड्काउँदा आफैंलाई लागेको थियो।
शनिबार राति करिब ११ बजेतिर घटना भएको जनाईएको छ। उक्त घट्नाको अनुशन्धानका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रतिक्रिया