उदयपुरमा पतिको हत्या आरोपमा पत्नि पक्राउ, खाल्टोमा भेटियो ६० वर्षिय वृद्धको शव

राजविराज– उदयपुरको त्रियुगा नगरपालिकामा पतिको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

त्रियुगा नगरपालिका–५ दमौटीका ६० वर्षीय श्याम राईको हत्या गरेको आरोपमा उनकै पत्नि नीरमायाँ पक्राउ परेकी हुन।

तीन दिनदेखि सम्पर्कविहिन भएका राईको शव मंगलबार विहान ७ वजे खाल्टोमा पुरिएको अवस्थामा फेला परेको थियो।

राई हराएको हल्ला चलेपछि गाउँलेहरुले उनको खोजी सुरु गरेका थिए। अन्त्यमा खल्टोभित्र शव भेटिएको प्रहरीले जनाएको छ।

नीरमायाँले प्रहरीसँगको वयानमा आफुले नै पतिको हत्या गरेको स्विकारेकी छिन्। हत्याको कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *