प्रधानमन्त्री पुत्री गंगाले ब्यापारीसँग पैसा उठाएको अमरेश सिंहको आरोप
काठमाडौं– सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा उनकी स्वकीय सचिव गङ्गा दाहालले विभिन्न व्यापारीहरूसँग रकम उठाएको आरोप लगाएका छन्।
सांसद सिंहले आईतबार विहान सामाजिक सञ्जाल मार्फत यस्तो आरोप लगाएका हुन। ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ।’ उनले लेखेका छन्।
उनले समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जाने चेतावनीसमेत दिए। प्रधानमन्त्री दाहाको पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरूले भने सांसद सिंहलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिइरहेका छन्।
नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सांसद सिंहलाई जवाफ दिँदै भनेका छन–‘माननीयज्यू, प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाइ कि नपाइ?’



