सिरहामा पराल हालेर जलाउन खोजिएको अधकल्चो शव भेटियो, हत्या भएको आशंका

लहान– सिरहामा पराल हालेर जलाई अधकल्चो भएको अवस्थामा एक युवकको शव फेला परेको छ। मृतकको पहिचान भएको छैन।
धनगढीमाई नगरपालिका ६ स्थित गागन खोला करिव २५/२६ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
सिरहाका प्रहरीका एसपी टेकुइवा लिम्बुका अनुसार शुक्रबार बिहान ११ बजे स्थानीयबासीले शवका विषयमा प्रहरीलाई खवर गरेका थिए। प्रहरी घट्नास्थल पुगेर हेर्दा पराल र झारपातको प्रयोग गरी शव जलाउन खेजिएको र अधकल्चो भएको देखिएको एसपी लिम्बुले बताए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको उनले जानकारी दिए। घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारहतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया