आगो लगाएर घरवेटी महिलाको हत्या, ‘आत्मदाह’ देखाउन आफैंलाई जलाएका डेरावाल पक्राउ

पोखरा– एक वर्षअघि एक महिलाको हत्या गरी घट्नालाई आत्महत्या देखाउन आफैलाई जलाउने एक ब्यक्तिलाई कास्की प्रहरीले विहिवार पक्राउ गरेको छ।

मादी गाउँपालिका घर भई पोखरा १३, काहुँखोला बस्दै आएका कृष्णबहादुर क्षेत्री पक्राउ परेका हुन। उनी विरुद्ध आफैं डेरा वसेको घरकी मालिक्नीलाई आगो लगाएर हत्या गरेको आरोप पुष्टि भएको छ।

१५ माघ ०७९ मा काहुँखोलाकी ३५ वर्षीया संगीता सापकोटालाई आगो लगाएर हत्या गरेको आरोपमा जिल्ला अदालत कास्कीले १८ भदौ ०८० मा उनलाई दोषी ठहर गरेको थियो। उनलाई १० वर्ष कैद र १ लाख ४ हजार जरिवाना भएको छ।

घट्ना सार्वजनिक हुँदा ‘एक महिलाले आफैंलाई पेट्रोल छर्केर आगो लगाएको र उनलाई वचाउन जाँदा क्षेत्री पनि जलेर घाईते भएको’ सूचना सार्वजनिक भएको थियो। क्षेत्रीले ‘ती महिलाले आफैंलाई आगो लगाउँदै गर्दा देखेको र बचाउन जाँदा आफूलाई पनि आगो लागेको’ बयान दिएका थिए।

घाइते दुवैलाई गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेका थिए। सापकोटाको उपचारकै क्रममा ज्यान गएको थियो भने क्षेत्री निको भए। तर, सापकोटाका आफन्तले उक्त घटना आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिए।

सोही जाहेरीका आधारमा उनी पक्राउ परे। जिल्ला अदालतले क्षेत्रीलाई सुरुमा धरौटीमा रिहा गरेको थियो। त्यसपछि उनी फरार भए। अदालतको फैसला आउँदा उनले सापकोटाको हत्या गरेको पुष्टि भयो। तर, उनी सम्पर्कमा आएनन्।

प्रहरीले उनलाई खोजतलास गरेर अदालतको जिम्मा लगाएको छ। अदालतले क्षेत्रीलाई कारागार पठाएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट