लोकसभाको निर्वाचन पूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, गोप्य रुपमा हुँदैछ तयारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल भ्रमणमा आउन लागेका छन्। मोदी आगमनका लागि नेपाल सरकारले पनि तयारी गरिरहेको छ। तर, तयारीलाई गोप्य राखिएको छ।

उच्च श्रोतक अनुसार फेब्रुअरीको अन्तिम वा मार्चको पहिलो साता मोदी नेपाल आउने तयारी छ। नेपाल र भारतका प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयको नेतृत्व र सुरक्षा अङ्गको उच्च तहमा मोदीको भ्रमण तयारीका विषयमा छलफल भइरहेको छ।

मोदीको भ्रमणलाई लक्षित गरी यही साता भारतबाट सुरक्षा निकायको एउटा टोली काठमाडौं आएर फर्किएको छ। २ दर्जन सुरक्षा अधिकारी रहेको उक्त टोली बिहीबार मात्रै दिल्ली फर्केको छ। यसअघि भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।

दाहाल र मोदी बीच गत १ जुनमा हैदराबाद हाउस दिल्लीमा भेटवार्ता भएको थियो। मोदी लुम्बिनी भ्रमणमा आउँदा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।

यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ। उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्ने अभिप्रायले आउन लागेका हुन्।

भारतमा आगामी मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ। त्यसअघि पशुपतिनाथको आशीर्वाद लिएर चुनावी अभियान सुरू गर्ने मोदीको तयारी छ। उक्त भ्रमणलाई लक्षित गरी रेकी टिममा मोदीको सुरक्षार्थ खटिएको एसपिजी, एसएसबी, भारतीय सेनाको डिएमआईलगायतका सदस्य थिए।

भारतमा अकस्मात कुनै अप्रिय अवस्था सिर्जना नभए मोदीको भ्रमण हुने लगभग निश्चित भएको नेपालको परराष्ट्र स्रोतले बताएको छ। यद्यपि, यसबारे सरकारी निकायले औपचारिकरूपमा पुष्टि गरिसकेका छैनन्।

यसअघि कार्यभार सम्हालेपछि प्रधानमन्त्री मोदी धेरैपटक नेपाल भ्रमणमा आइसकेका छन्। उनी सन २०१४ को अगस्तमा राजकीय भ्रमणमा आएका थिए। मोदीले पछिल्लो पटक सन् २०२२ को मेमा जनकपुरधाम, काठमाडौं र मुक्तिनाथको भ्रमण गरेका थिए।

त्यसअघि सन २०१८ को अगस्टमा उनी बिमस्टेकको सम्मेलनका लागि काठमाडौं आएका थिए। प्रधानमन्त्री भएपछि दोस्रो भ्रमणका रूपमा उनी सार्क सम्मेलनका लागि सन् २०१४ को नोभेम्बरमा नेपाल आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट