पल्टिएको गाडीबाट निस्केर दैलेखमा एमाले महासचिव पोखरेलको सम्वोधन

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दैलेखमा पल्टिएको छ। डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा शनिवार पोखरेल सवार गाडी पल्टिएको हो।

महासचिव सवार म.१ च ३६९ नम्बरको स्कोर्पियो सकडमा पल्टिएको जनाईएको छ। दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको छ।

सुर्खेतबाट दैलेख सदरमुकामतर्फ जाँदै गर्दा गाडी पल्टिएको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन्। गाडी सडकमा पल्टिएको र महासचिव पोखरेल सकुशल रहेको उनले फेसवुकमा लेखेका छन्।

दुर्घटनापछि पोखरेल दैलेख सदरमुकाम पुगेर आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरेर काठमाडौँ फर्किएको उनले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट