पाल्पाको तिनाउमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं– पाल्पाको तिनाउ गाउँपालिका–६, चिदीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटनामा परेको हो।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ।

डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको डीआईजी कडायतले बताए। १५ जना यात्रु सवार रहेको जीप दुर्घटनाको कारण खुलेको छैन।

तिनाउ गाउँपालिका–६ का वडाध्यक्ष टोमबहादुर पुनका अनुसार, दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी छ। उद्धार गरिएकाहरुलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट