नगर प्रहरीसँग प्रेम विवाह गरेकी युवती वडा कार्यालयको सभा हलमा मृत भेटिईन

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छिन्। वडा कार्यालयको सभाहलभित्र झुण्डिएको अवस्थामा प्रमिला धामीको शव फेला परेको हो।

दार्चुला घर भइ त्यहाँस्थित एक नगर प्रहरीसँग विवाह गरेकी २० वर्षीया धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनी श्रीमानसहित वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन्।

केही महिनाअघि मात्रै उनी विहे गरेर भीमदत्त नगरपालिका आएको जनाईएको छ। बिहान करिव ४ बजे योग गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनाको अनुसन्धान थालेको छ। वडा कार्यालयको सीसीटीभी फुटेज जाँच भईरहेको एसपी चक्रराज जोशीले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट