अनुशन्धान चलिरहेकै वेला चितवन प्याब्सनको दावी– शालिनको मृत्युमा शिक्षकको हात छैन

भरतपुर– चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको छात्रावासभित्र मृत भेटिएकी ८ कक्षामा पढ्ने १४ वर्षीया बालिका शालिन पोखरेलको हत्या भएको हो या आत्महत्या भन्ने विषय अझै टुङ्गो लागेको छैन।

उनका परिवार र आफन्तले बलात्कारपछि हत्या भएको दाबी गरिरहेका छन्। तर, कतिपय ब्यक्ति र निकाय यो घट्नालाई दबाउने प्रयासमा पनि देखिएका छन्। अनुशन्धान नै प्रभावित गर्ने र आत्महत्या प्रमाणित गर्ने प्रयास समेत सुरु भएपछि घट्नालाई थप शंकास्पद बनाएको छ।

प्रहरीको अनुसन्धानका क्रममा स्कुलका प्रिन्सिपल रत्ननगर नगरपालिका–१० का ६० वर्षीय बालहरी देवकोटा, भाईस प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षका कमल शर्मा पौडेललाई पक्राउ गरेको छ। पोस्टमार्टम लगायतका रिपोर्ट आईनसकेको छैन।

तर, यही वेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनले विज्ञप्ति नै जारी गरेर एकता शिशु निकेतन विद्यालयमा बालिका मृत्यु प्रकरणमा सीसीटीभी फुटेज र मृतक विद्यार्थीको सुसाइड नोटले घटनामा शिक्षकको संलग्नता नदेखिएको दाबी गरेको छ।

बालिका छात्राबासमा बसी अध्ययन गरेको पृष्ठभूमि, सीसीटीभी फुटेज र मृतकको सुसाइड नोटले शिक्षकको संलग्नता नदेखिएको दावीसहित सम्पूर्ण दोषारोपण विद्यालयमाथि थोपर्ने र अझ प्राचार्य, सहायक प्राचार्य र होस्टल इन्चार्जमाथि किटानी जाहेरी भएको विषयमा प्याब्सनले दुःख व्यक्त गरेको छ।

यता, घट्ना अनुशन्धानका क्रममा प्रहरीले बालिकाको सुसाइड नोट फेला पारेको छ। सुुसाइड नोट बालिकाले नै लेखेको हो कि होइन भन्नका लागि फोरेन्सिक जाँच समेत भईरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले प्रहरीले घट्नाको गहन अनुसन्धान थालिसकेको बताएका छन्।

तर, मृतक परिवारका सदस्यहरू भने प्रहरीको अनुशन्धानमा पनि विश्वस्त हुन सकेका छैनन्। प्रहरीले अनुसन्धान गर्न ढिलाइ गरेको शालिका बुबा दीपेन्द्रले बताएका छन्। उनका अनुसार प्रहरीले शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिन पनि निकै आनाकानी ग¥यो। सुरुमा किटानी जाहेरीभन्दा पनि ज्यान मुद्दामा मात्रै उजुरी ल्याउन भनेपछि प्रहरीप्रति उनीहरुको आशंका अझै वढेको छ। त्यसैले पोस्टमार्टम पनि भरतपुरमा नगराई काठमाडौंमा गराईएको उनले वताए।

उनीहरूले यो घटना आत्महत्या नभएर हत्या भएको दाबी मात्रै गरेका छैनन्, घटनाको विषयमा सत्यतथ्य पत्ता लगाएर न्याय दिन माग गर्दै न्याय नपाउँदासम्म सद्गत नगर्ने अडान पनि राखेका छन्। परिवार र आफन्तले छात्राहरु बस्ने होस्टलमा पुरुष वार्डेन राखिएकोप्रति पनि प्रश्न उठाएका छन्।

गएको शनिवार बालिका कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएकी बालिका दुई वर्षदेखि विद्यालयको छात्रावासमा बसेर पढ्दै आएकी थिइन्। आफन्तका अनुसार बालिकाको बुबा दीपेन्द्र र आमा सगुन अधिकारीको १० वर्षअघि नै (शालिन साढे तीन वर्षकी हुँदा) सम्बन्धबिच्छेद भैसकेको थियो।

बुबाआमाको सम्बन्धविच्छेदपछि उनको संरक्षकत्वमा आमा रहेकी थिइन्। घटनापछि वैदेशिक रोजगारीमा दुबई रहेकी आमा नेपाल फर्केकी छन्। काठमाडौंमा रहेका बाबु दीपेन्द्र घट्ना भएकै दिन चितवन पुगेका थिए। सम्बन्धविच्छेद भए पनि छोरीको पढाइ खर्च दुवै मिलेर बेहोरिरहेको उनले बताए।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट