विद्यालयको होस्टलमा बसेकी बालिका मृत फेला, बलात्कार गरी हत्या गरेको आशंका

भरतपुर– चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयको होस्टलमा बसेर कक्षा ८ मा पढ्ने चितवनकै १४ वर्षिया शालिन पोखरेल गत शनिबार (१२ फागुन) बिहान मृत फेला परिन।

आमा बुवाको केही वर्षअघि सम्बन्ध विच्छेद भएपछि रत्नगर नगरपालिका–१५ स्थित मामाघरमा बसेकी शालिनलाई पढाईमा सहयोग पुग्ने भन्दै होस्टेलमा राखिएको थियो। सोही होस्टलको कोठामा रहेको पंखामा स्काउटको डोरीको पासो बनाई झुण्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको हो।

जानकारी अनुसार उनका बुवा काठमाडौं र आमा विदेशमा छन्। त्यसैले उनी मामाघरमा बसेकी हुन। मामाघरमा उनको हजुरआमा मात्रै छिन। पढाईलेखाईमा सहयोग गर्ने कोही नभएपछि उनलाई हजुरआमाको दिदीको घर नजिकै पर्ने गरी विद्यालयमा भर्ना गरिएको थियो।

होस्टेलमा केटा र केटी बस्नका लागि छुट्टै ब्यवस्था छ भने केटा र केटीहरूको कोठामा छिर्नका लागि छुट्टाछुट्टै च्यानल गेट छ। शालिन ३ जना साथीसहित ‘गर्ल्स होस्टेल’को साईडको कोठामा वस्थिन।

स्रोतका अनुसार उनी शुक्रबार जेठी हजुरआमा (हजुरआमाकी दिदी) सँग कुरा गरेर होस्टेल फर्किएकी थिईन। शनिबार बिहान उनका साथीहरुले शालिनलाई मृत फेला पारेका हुन। उनीहरु चिच्याएर बाहिर निस्किएपछि आसपासका स्थानीयवासी त्यहाँ पुगेका थिए। सँगै पुगेका जनप्रतिनिधिहरुले घट्ना शंकास्पद भएको वताए।

रत्ननगर नगरपालिका १० का वडाध्यक्ष कलाधर पौडेलले शालिनको शव घुँडा टेकेको अवस्थामा फेला परेको बताए। यही कारण आफन्तले पनि उनको मृत्युलाई आत्महत्या भनेर स्विकार्न सकेका छैनन्। पीडित आफन्तहरूले बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको भन्दै प्रहरीमा जाहेरी नै दिएका छन्।

घटना शंकास्पद देखिएपछि चितवन प्रहरीले अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्यालय प्रशासनदेखि होस्टेल इन्चार्जसम्म रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट