चितवनमा मृत फेला परेकी शालिनको सुसाईड नोट भेटियो, प्रिन्सिपलसहित ३ जना पक्राउ

भरतपुर– चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षिया बालिका शालिन पोखरेलको सुसाईड नोट फेला परेको छ।

प्रहरीले अनुशन्धानका क्रममा कक्षा ८ मा शालिनाले लेखेको सुसाईड नोट फेला पारेको हो। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले शालिनले छोडेको सुसाइड नोटमा ‘सरी एभ्रिबडी, सरी ममि ड्याड’ भनेर लेखिएको छ। यस सम्वन्धमा थप जानकारी प्रहरीले पनि खुलाएको छैन। प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गर्दैछ।

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन्। दुई वर्षदेखी उनी होस्टलमा बसेर पढ्दै आएको पाईएको छ।

उनका बुबा र आमाको केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो। आमा दुबई र बुवा काठमाडौँमा बस्छन्। शालिन एक्लै परेपछि मामाघरकी हजुरआमासँग रत्नगर नगरपालिका–१५ मा वस्न थालेकी थिईन। तर, पढाईमा सहयोग गर्ने मान्छे नभएपछि हजुरआमाले आफ्नी दिदीको घर पायक पर्ने विद्यालयको होस्टलमा भर्ना गरिदिएकी थिईनन।

शालिन सोही होस्टलमा १२ फागुनमा मृत फेला परेकी थिईन। प्लाष्टिकको डोरीले पंखामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो। घुडा टेकेको र शरीरमा चोटपटक लागेको अवस्थामा उनको शव फेला परेको जनाईएको छ।

घट्नाको केही समयपछि नै शालिनका बुवा दिपेन्द्र घट्नास्थल पुगिसकेका छन् भने आमा पनि पर्सिपल्टै नेपाल फर्किएकी छन्। उनीहरुले शालिनको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन्। दीपेन्द्रले हत्याको निशाना मेट्ने प्रयास विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिबाटै भएको दाबी गरेका छन्। शालिनले आत्माहत्या गरेको भन्दै प्रहरीले आफूलाई फोन गरेको उनको भनाई छ।

घट्नाको जानकारी पाएपछि ‘म दुई घण्टामा आईपुग्छु त्यसपछि मात्रै कोठाको ढोका खोलौँला भनेको थिए। तर म पुग्दा प्रमाण मेटाउन कोठा सफा भइसकेछ। डोरी काटिसकिएको रहेछ। जुत्ता तथा कपडामा पानीमा डुवाईएको छ’ उनले भने–‘होस्टेलको स्थिति हेर्दा शालिनले आत्माहत्या नगरेर बलात्कारपछि हत्या गरिएको जस्तो छ।’

गालामा चिमोटेको जस्तो एउटा आलो घाउ जस्तो पनि देखिएको उनले वताए। यसैगरी, शालिनको भजाइनामा घाउ रहेको पाइएको डाक्टरले आफूलाई बताएको उनले दाबी गरेका छन्। १४ वर्षीया बालिकाको भजाइनामा घाउ हुनुले बलात्कार नै भएको भन्ने शंका डाक्टरहरूले गरेको उनको भनाई छ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल रत्ननगर नगरपालिका–१० का ६० वर्षीय बालहरी देवकोटा, भाईस प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षका कमल शर्मा पौडेललाई पक्राउ गरेको छ।

उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट